हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर

0
4

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुवेती दिनार एकको खरिद दर ४२८ रुपैयाँ ८४ पैसा र बिक्री दर ४३० रुपैयाँ ७८ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here