हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

0
7

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसामा कारोबार भईरहेको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ।

आइतबार पाउण्ड एकको खरिदमा भने १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १७ पैसा बढेको हो।

आज अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४२ पैसा पाइन्छ। युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४६ रुपैयाँ २० पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३८ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०७ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८१ पैसा पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here