हेर्नुहोस आजको मौसम कस्तो रहनेछ

0
7

काठमाडौं – आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उल्लेख्य मौसमी प्रणाली नभएको कारण सोमबार दिनभर मौसम सफा रहने बताइएको छ। सोमबार बिहान अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १८ डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here