हुन्डाई क्रेटा र अल्काजार एसयूभीको एडभेन्चर एडिशन लन्च

0
3

काठमाडौँ- हुन्डाईले क्रेटा र अल्काजारको एड्भेन्चर एडिशन भारतीय बजारमा लन्च गरिएको छ । सो दुवै कार निकै आकर्षक पेन्टको विकल्प र इन्टेरियर डिजाइनसहित लन्च गरेको छ। हुन्डाई अल्काजर र क्रेटा एडभेन्चर एडिसनमा नयाँ खाकी रङमा ल्याएको छ। साथै ग्रिल, स्किड प्लेट, साइड सिल्स, रूफ रेल, शार्क फिन एन्टेना, ओआरवीएम र अलोय ह्विलमा कालो रङको एलिमेन्ट रहेको छ। क्रेटा र अल्काजार ब्रान्डिङका लागि डार्क क्रोम फिनिशको प्रयोग गरिएको छ।

एसयूभीको इन्टेरियरमा कालो इन्टेरियर थिम, सेज ग्रीन इन्सर्ट, नयाँ सिट अपहोल्स्ट्री, ड्युअल क्यामेरासहितको ड्यासक्याम, एडभेन्चर-स्पेक म्याट र मेटल प्याडल छ। क्रेटा एड्भेन्चर एडिशन ६ रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

अल्काजार एड्भेन्चर एडिशनमा ४ मोनोटोन रङ र ३ वटा ड्युअल टोन रङमा उपलब्ध छ। अल्काजार एड्भेन्चर एडिशनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ, जसलाई ६ स्पिड म्यानुअल युनिट, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिट र सिग्नेचर र प्लेटिनम ट्रिम्समा ७ स्पिड डीसीटी युनिटसँग जडान गरिएको छ।

क्रेटा एड्भेन्चर एडिशनमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ। यसको एसएक्स ट्रिममा ६ स्पिड म्यानुअल युनिट र एसएक्स ओ ट्रिममा आईभीटी गियरबक्स उपलब्ध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here