हिमालयन रिइन्स्योरेन्सको आईपीओ बिक्री खुला

0
5
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौँ- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा प्रिमियम बापत थप १०६ रुपैयाँ गरी प्रति सेयर २०६ रुपैयाँमा सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । सो मध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइने कम्पनीले जनाएको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

२०८० मंसिर ४ गते सोमबारदेखि बिक्री खुल्ला हुने कम्पनीको सेयर २०८० मंसिर १८ गतेसम्म जारी रहनेछ । इच्छुक लगानीकर्ताहरूले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।खुला गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पुँजी १० अर्बको ३० प्रतिशत अर्थात् ६ अर्ब १८ करोड रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर सर्वसाधारणमा बिक्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here