हिन्दू नेपाली हरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

0
202

काठमाडौं – हिन्दू नेपाली हरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तर केहि दिन अँघि देखि नै राजधानी लगायत देशका प्रमुख सहरहरुमा तिहारको रौनक बढेको देखिएको छ, घरहरु बत्तीले झिलिमिली भएका छन् श्रींगारियेका छन् , माला तथा सप्तरंगी टिका तथा तिहारका अन्य सामाग्रीले गल्लि गल्लि हरु सजिएका छन् किनमेल गर्नेहरुको व्यापक भिडभाड नै छ । तर तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिको भनाइ रहेको छ । यस्तै कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा गर्न समितिले सुझाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । यो पूजा यस वर्ष कात्तिक ११ गते परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्न पञ्चांग निर्णायक समितिले सुझाएको छ ।
कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको उत्तम साइत परेको छ । मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here