‘हामी कवि र कविता’मा गुन्जिए कवि दीप र कवि वीपी,,,

0
90

काठमाडौं – प्रत्येक महिनाको १ गते आयोजना हुँदै आएको काव्यिक कार्यक्रम ‘हामी कवि र कविता’मा यस पटक कविहरु दीप दर्पण अनि वीपी अस्तुले आफ्ना कविताहरू वाचन गरेका छन् । बितेको पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आइरहेको कार्यक्रम हामी कवि र कवितामा नयाँ तथा पुराना पुस्ताका कविहरूलाई ल्याएर कविता वाचन गराईँदै आइएको छ । सोही श्रृंखलाको निरन्तरता थियो,यहिँ भदौ १ गतेको कार्यक्रम ।

‘हरेक महिनाको शुरूवात् केही राम्रा कविता सुनेर गरौँ’ भन्ने स्लोगनकासाथ आयोजन हुँदै आइरहेको यस कार्यक्रमलाई लुनकरणदास चौधरी साहित्यकला मन्दिर तथा सर्वनामले आयोजना गर्दैआएको छ । सर्वनामको प्रेक्षालयमा सम्पन्न ‘हामी कवि र कविता’को ७०औं श्रृँखलामा कवि दीप दर्पणले ‘देश पुग्नु भन्दा पहिले’, ‘धर्म’, ‘माडसाब’, ‘चिहान’, ‘चोक निरको चिया पसल’, ‘मध्यरात’, ‘मंगले बा’, ‘मिन चाओ’ शीर्षकलगायत १० वटा कविता वाचन गरे ।

अनि कार्यक्रममा अर्का कवि वीपी अस्तुले ‘हिँडाई’, ‘वाध्यता’, ‘गल्ती’, ‘जेठको धूपमा मेरो गाउँ’, ‘नागरिकता शिविरमा मागुलाल’, ‘हामी त पिरती लाउथ्यौँ’लगायतका कविता हरु वाचन गरे ।
सो अवसरमा कविद्वयलाई सर्वनामका अशेष मल्लले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here