‘हातैका पौजाले’को अपार सफलतापछि ‘आँशुको पसल’ लिएर बजारमा आए कुशल बेलबासे (भिडियो)

0
67

काठमाडौं – पछिल्लो पुस्ताका लोकप्रिय गायक कुशल बेलबासेले ”हातैका पौजाले”को अपार सफलतापछि आफ्नो नयाँ गीत ”आँशुको पसल” लिएर बजारमा आएका छन्। ”बर्बादी” एल्बममा समाबेस उक्त गीत विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापनमा विन्ध्यवासिनी म्युजिककै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। विन्ध्यवासिनी म्युजिक प्रालिकै संचालक सुबास रेग्मीको प्रस्तुतिमा सार्बजनिक उक्त गीतलाइ ३ वटा भागमा निर्माण गरिएको विन्ध्यवासिनी म्युजिक प्रालिले जनाएको छ जस अनुरुप हिंज अर्थात बुधबार गीतको पहिलो भाग सार्वजनिक गरिएको हो। विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक रेग्मीका अनुसार गीतको फरक फरक तरिकाले बनाइएका गीत र भिडियोका भागहरु क्रमस एक एक हप्तामा रिलिज हुनेछन अर्थात हप्ताको एउटा भाग सार्वजनिक गरिनेछ। सोहि गीतमा कुशल बेलबासे र सान्तिश्री परियारको आवाज रहेको छ भने, हिंज सार्वजनिक उक्त गीतमा कुशल बेलाबासेको मात्रै आवाज सुन्न सकिन्छ । बहुप्रतिक्षित यस गीतमा कुशल बेलबासे र हरि क्षेत्रीको संयुक्त शब्द रचना , ऋषि खड्काको संगीत एबम कमल सौरागको संगीत संयोजन रहेको छ।
गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। जसमा छायांकन नवराज उप्रेती अभिनय सारिका केसी, शिशिर पौडेल तथा सम्पादन बिष्णु शर्माको रहेको छ। छोँटो समयमै स्रोता दर्शक हरुको अत्याधिक मायाँ पाएको यस गीतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै छाप छाड्ने चर्चा परिचर्चा बजारमा हुन थालेको छ। हाम्रो तर्फबाट पनि यस गीत र गीत संगै सम्बन्धित सम्पूर्णलाई लाखौँ करोडौँ बधाई तथा सफलताको शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here