हतियारधारी समुह द्वारा हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

0
15

काठमाडौं – हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो । विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

                                                                                                                                 
                                                                           -एजेन्सीहरुको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here