हट्यो विदेशबाट आउने पर्यटकलाइ अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था

0
26

काठमाडौं- विदेशबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था सरकारले हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा बस्नुनपर्ने निणर्य गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाइएको बताए । नेपाली पर्यटन व्यवसायीले क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाले विदेशी पर्यटकहरु आउन नमान्ने गरेको गुनासो गर्दै त्यस्तो व्यवस्था हटाउन माग गर्दे आएका थिए । यसअघि विदेशबाट आउने पर्यटकले अनिवार्य रुपमा कम्तीमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो । यस्तै, पर्यटकको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने निणर्यसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here