हँसिया र बाँसको चिर्पट प्रहार गरि ​श्रीमतिले गरिन आफ्नै श्रीमानको हत्या

0
4

काठमाडौं – श्रीमतिले हँसिया प्रहार गरि श्रीमानको हत्या गरेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या भएको हो। हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइतबार बिहान २ बजेतिर श्रीमति योगीले श्रीमान पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरि हत्या गरेको खुलेको हो। ‘हात र कुहिनोमा हँसिया प्रहारबाट लागेको गहिरो घाउ चोट छ,’ डिएसपी अर्याललले भने, ‘ एउटा दाँत पनि भाँचिएको छ। अत्यधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको देखिन्छ।’ श्रीमान मदिराको अम्मली रहेको र उक्त दिन पनि पुरीले अत्यधिक मदिरा सेवन गरि आएको तथा आफूले लगाएको कपडामा दिशा पिशाब गरेपछि आक्रोसमा आएर आफूले सुरूमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा श्रीमानको मृत्यु हुन पुगेको भनेर श्रीमति योगीले प्रहरी समक्ष बयान गरेको डिएसपी अर्यालले बताएका छन् । ‘सुरूमा त प्रहरीलाई सुतेकै ठाउँमा पुरीको मृत्यु भएको भनेर खबर गरिएको थियो,’ डिएसपी अर्यालले भने, ‘घटनास्थलको प्रकृति र मृतकको घाउ खत हेर्दा कर्तव्य गरेको ठानेर श्रीमतिलाई पक्राउ गरेपछि तथ्य उजागर भएको हो।’ घरमा पुरी दम्पत्ति मात्रै बस्दै आएका थिए। उनीहरूका छोरा विदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको र प्रहरीले जनाएको छ। गाउँमै बिहे भएकी छोरीले आफ्नो बुवाको हत्या विरूद्ध प्रहरीमा जाहेरी दिएको डिएसपी अर्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here