स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए उमेश श्रेष्ठ

0
14

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ।’ गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बेला आज एक राज्यमन्त्री थप गरिएको हो। मन्त्रालयको मुख्य जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने भएको छ। नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सपथ अपरान्ह ५ वजे प्रधानमन्त्री कार्यलयमा हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here