स्वास्थ्य मन्त्रालयले गर्यो उपत्यकासहिताका ठुला सहरका विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस

0
20

काठमाडौं – काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन समेत स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । उनका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here