स्वास्थ्यलाई गम्भीर हानि गर्ने यी ९ स्यानिटाइजर प्रयोग नगर्न स्वास्थ्य विभागको अनुरोध

0
108

काठमाडौं – कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ। किनकि साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइरसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेका छन्। यसैकारण अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका छन्। यसैको मौका छोपेर बजारमा अनेक थरीका सेनिटाइजर बिक्रीका लागि राखिएका छन्।
तर फाइदाका लागि सेनिटाइजर उत्पादक कम्पनीले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ। औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्मको अनुगमनले बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्ने विषाक्त पदार्थ मिसाइएको पत्ता लागेको हो।
ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसाइएको पाइएको विभागले जनाएको छ। सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्री/वितरण नगर्न/नगराउन निर्देशन दिएको छ।

यी हुन् प्रयोग गर्न नहुने स्यानिटाइजर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here