स्ववियु निर्वाचन फागुन १४ गते गराउने सरकारको तयारी

0
8

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्। लामो समयदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गराउने तयारीमा त्रिवि पनि जुटेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिए। उनले यसैअनुसार सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको बताए। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। त्रिवि क्याम्पसमा १४ वर्ष अर्थात २०६५ सालयता नियमित तवरबाट स्ववियु निर्वाचन हुन सकेको छैन।त्रिविले ०६५ साल अघिसम्म शैक्षिक क्यालेन्डरमा प्रत्येक २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो। विसं २०६५ चैत ६ गतेपछि एकैपल्ट ८ वर्षमा विसं २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो।त्यतिवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्न राज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here