स्वर्णिम वाग्ले,रेणु दहाललगायतको नागरिकता छानबिनको माग गर्दै युवराज सफलले दिए गृह मन्त्रालयमा निवेदन

0
6

काठमाडौँ- नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, पूर्व उपराष्ट्रपति परमानन्द झा,डा. नारायण खड्का,मिनेन्द्र रिजाल,दिलन्द्रप्रसाद बडु,अनुराधा कोइराला,गंगा दाहाल,देवेन्द्रराज कडेललगायतका नेताहरूको नागरिकता छानबिन गर्न पौडेलले आग्रह गरेका छन् । पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न पनि मन्त्रालयसमक्ष माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here