स्वरूपराज आचार्यको आवाजमा प्रयास, रस्मीला र सुरेश अभिनित ”तिमि र म” सार्वजनिक

0
386

काठमाडौं – सियो धागो जस्तै भन्थे साथीहरु पहिले, रात दिन जस्तै भयौँ तिमि र म अहिले , भमरा र फूल भन्थे साथीहरु पहिले सपनाको कुरा रैछ जस्तो लाग्छ अहिले , यी र यस्तै मार्मिक शब्दहरुले सिङ्गारिएको एउटा मिठो गीत ”तिमी र म” भिडियो सहित विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत हालचालै प्रकासित गरिएको छ। लोकप्रिय गीतकार लिलु गुरुङको शब्द रचना अनि लोकप्रिय संगीतकार बीबी अनुरागिको संगीत तथा संगीत संयोजन रहेको उक्त गीतमा आवाज भने लोकप्रिय गायक स्वरूपराज आचार्यले दिएका छन्। उक्त गीत विन्ध्यवासिनी म्युजिक प्रालि बाटै प्रकासित लिलु गुरुङ्गको तरङ्ग २ एल्बममा समाबेस रहेको छ।
गीतको भिडियोमा निर्देशक अन्जान सर्माको निर्देशन तथा लोकप्रिय छायांकार मुकेश हुमागाईंको छायांकनमा मोडेलहरु प्रयास बिक, रस्मीला तामाङ र सुरेश लामाले आफ्नो अभिनय कला देखाएका छन् । भिडियोलाई पछिल्लो पुस्ताका कुशल एबम लोकप्रिय सम्पादक बिनोद बमले सम्पादन गरेका हुन्।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here