स्याङ्जा-२ मा हार स्वीकार्न नसकेर एमाले नेता-कार्यकर्ताको रोईलो !

0
3

स्याङ्जा – गत मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सकिएलगत्तै स्याङ्जा-२ चर्चामा रह्यो, कारण थियो बुथ कब्जा । हुन त चुनाव हुनुपूर्व नै २ हेभीवेटको प्रतिस्पर्धाका कारण पनि यो क्षेत्र चर्चामै थियो । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति धनराज गुरुङ र नेकपा एमालेको तर्फबाट सचिव समेत रहेकी पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन सकिएपछि नेपाली कांग्रेसले चापाकोटका केहि मतदान केन्द्रका बुथमा कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेको थियो । निर्वाचन सकिएको १० दिनसम्म पुनः निर्वाचन गराउने र मतगणना सुचारु गर्ने समूहमा विभाजित समूहबीच अनेक रस्साकस्सी चल्यो । अन्ततः निर्वाचन आयोगले मतगणना सुचारु गर्नेका लागि आदेश दियो र मतगणना पश्चात उक्त क्षेत्रमा कांग्रेसले क्लिन स्वीप गर्‍यो । प्रतिनिधि सभा सदस्यमा गुरुङ सहित प्रदेश सभा (क) मा कांग्रेसकै भोजराज अर्याल र (ख) मा पनि कांग्रेसकै महेश भट्टराई निर्वाचित भए । एमालेकी सचिव पद्मा अर्याल र एमालेका नेताद्धय मोहनप्रसाद अर्याल र बुद्धिमान श्रेष्ठले पराजय भोगे ।

चुनावी परिणाम सकियो । निर्वाचन आयोगले घोषणा गरिसकेर प्रमाणपत्र वितरण गरिसक्दा पनि कांग्रेसबाट विजयी प्रतिनिधि तथा प्रदेश सभा सांसदलाई बुथ कब्जाको आरोप लाग्न भने छाडेको छैन ।

चुच्चे नक्सा देखाएरै काठमाडौंको जुनसुकै क्षेत्रबाट चुनाव जित्ने भन्दै भाषण गर्दै हिडेकी अर्याल स्वंयमले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिंदै बुथ कब्जाको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन्, ‘साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’
उनले स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेको दाबी समेत गरेकी छिन् । यद्यपी उनले अन्त्यमा सबैकुरा भुलेर जनताको सेवा गर्न र स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध रहेको समेत बताएकी छिन् । साथसाथै उनले अर्को स्टाट्स मार्फत स्याङ्जा जिल्लाबाट निर्वाचित सम्पूर्णलाई बधाई पनि दिएकी छिन् ।
यस्तै (ख) बाट प्रदेश सभाको सदस्यको उम्मेदवार रहेका बुद्धिमान श्रेष्ठले पनि सामाजिक सञ्जालमा स्टाट्स मार्फत सबै मतदातालाई धन्यवाद दिंदै घुमाउरो पारामा पराजयको कापुतलीबजार नगरपालिकाकी पूर्व मेयर एवं एमालेकी केन्द्रीय कमिटी सदस्य समेत रहेकी सिमा क्षेत्रीले पनि सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘बुथ कब्जा गरेर भए पनि स्याङ्जामा गठबन्धनको बिजय हो वा कांग्रेसको ? बिजय र्‍यालिको गतिविधि देखेर । जिज्ञासा भन्दै व्यंग्य हानेकी छिन् ।’रण बुझ्नु भएको होला भन्दै पराजित भएता पनि आफुँ सधैं मतदाताको मन मस्तिष्कमा रहने आशा एवं विश्वास लिएको जनाएका छन् । यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले पनि अझैसम्म बुथ कब्जाको आरोप लगाईरहेकै छन् । ‘एमालेको पराजयपश्चात कांग्रेसको निश्चित ठेकेदार प्रतिनिधिले मतदान गरेको नतिजालाई स्वीकार्नुपर्ने यो कस्तो लोकतन्त्रको बाध्यता आयो हाम्रो सामु ? भन्दै प्रश्न तेर्साएका छन् ।’
त्यसो त एमालेले मृत्यु भईसकेकाले मतदान गरेको भनेर प्रकाशित गरेको सूचीमै मृत्यु नभएका व्यक्तिहरुको समेत नाम उल्लेख भएको भन्ने तथ्य यसअघि नै बाहिर आईसकेको थियो । भईसकेपछि यसरी सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रनुले कतै हार स्वीकार गर्न नसकेर सामाजिक सञ्जालमा बेकारको रोईलो त हैन भन्ने प्रश्न उब्जिएको छ । (नयाँ पुस्ता डट कम बाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here