स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई दिएर ओली अनुपस्थित

0
193

काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर ओली बालुवाटारमै अन्य काममा व्यस्त भएकाबताइएको छ ।
बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप लगाइएको छ ।
बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।
बैठकको पहिलो दिननै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतको भनाई छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here