स्थायी कमिटी बैठकबारे थाहा नभएको नेपाल पक्षको भनाइ

0
5

काठमाडौं – नेकपा एमालेको केपी शर्मा ओली पक्षको बैठक बारे माधव नेपाल पक्षले अनभिज्ञता प्रकट गरेको छ । नेपाल पक्षको अनभिज्ञताले एमालेभित्रको विवाद मिलाउने कार्यदलको प्रयास असफल भएको संकेत देखिएको छ । नेपाल पक्षका नेता मुकुन्द न्यौपानेले भने, ‘स्थायी बैठक बोलाइएको हामीलाई जानकारी छैन ।’ एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला ओली पक्षले आइतबार अपरान्ह चार बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएसँगै विवाद समाधानको प्रयास निरर्थक बनेको आँकलन गरिएको छ । यसअघि बिहान कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई वरिष्ठ नेता माधव नेपालले अस्वीकार गर्दै सच्याउन भनेका थिए । नेपालले असहमति जनाएपछि कार्यदलका सदस्यहरु सहमतिका लागि पुनः छलफलमा जुटेका थिए । ओली पक्षका नेताहरुले आजै सहमतिमा हस्ताक्षर हुने दाबी गरेका थिए । सहमति नजुटी ओली पक्षले स्थायी कमिटी डाकेपछि माधव नेपाल पक्षमाथि कारवाही हुने सम्भावना बढेको छ । आजको बैठकमा पूर्व माओवादी पक्षबाट थपिएका स्थायी समिति सदस्यहरु पनि सहभागी हुने बताइएको छ । यद्यपि, सिंहदरबारमा कार्यदलको बैठक भने जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here