स्थगित भयो माओवादी स्थायी समिति बैठक

0
12

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने विषयमा छलफल भएको थियो । बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ । बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here