स्कुल संस्थापकसहित तीन जनालाईआत्महत्या दुरुत्साहनको आरोपमा जेल सजाय

0
33

काठमाडौं- समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् । अदालतको फैसलापछि उनीहरु जेल चलान भएका हुन् ।
गएको असार ३ मा बौद्धस्थित समता अस्पतालभित्रै आत्महत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको थियो। विमला सोही अस्पतालमा काम गर्दै आएकी थिइन् ।

आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै तामाङका परिवारले प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले सोही सुसाइड नोटलाई आधार मानेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो । जिल्ला अदालत काठमाडौंले अहिले उनीहरु तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
गत भदौ १ गतेदेखि लागू भएको आत्महत्या दुरुत्साहनसम्बन्धि कानूनका आधारमा उनीहरुमाथि फैसला गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here