सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने विभागको पूर्वानुमान

0
24

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ । ।
आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here