सेयर बजार अझै ओरालो यात्रामा

0
2
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो ।
बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल लगायत कम्पनीको मूल्य बढेकाले यो उपसमूह बढ्न टेवा पुग्यो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६ प्रतिशत मूल्य बढ्यो । सोल्टीको ४.७७, तारागाउँको ४.१७, ओरियन्टल होटलको ३.८१ र सिटीको २.५ प्रतिशत मूल्य बढ्यो ।

अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको समाचार बाहिरिएपछि होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीको सेयरमा केही सुधार देखिएको हो । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

होटलबाहेक म्युचुअल फण्ड सामान्य ०.०७ अंक हरियो रह्यो । अरु सबै उपसमूह घटे । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९०, अन्य ९ र ब्यापार उपसमूह ८१ अंक घटे ।

दिनभर कुल ४० कम्पनीको मूल्य बढ्यो भने १९० को घट्यो । लघुवित्ततर्फ हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत बढ्यो । यस दिन धेरै गुमाउनेमा जलविद्युत् कम्पनीहरु अगाडि रहे । सयपत्री हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रावा इनर्जीको ७.४, बुद्धभूमि नेपालको ५.९, सामलिङ पावरको ४.८, सुपर माइ हाइड्रोको मूल्य ४.७ प्रतिशत घट्यो ।

धेरै कारोबार हुने कम्पनीहरुमा आशा लघुवित्त संस्थापक, प्राइम कमर्सियल बैंक संस्थापक, सोना सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here