सेयर बजारमा नयाँ रेकर्ड ९ अर्ब नाघ्यो कारोबार रकम

0
21

काठमाडौं – नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।
दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।
आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् ।
बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।
यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।

                                                                                                                        
                                                             साभार :- अनलाइन खबर डट कम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here