सेना, प्रहरी सहित थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि

0
14

वीरगञ्ज – पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छन्,’यस्तै कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन्।
संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भने, ‘आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here