सुर्तिजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र अनिवार्य

0
7

काठमाडौं- सुर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्न अनिवार्य भएको छ । यससम्वन्धि मुद्दामा भदौ १२ मै सुनुवाईको क्रमा परमादेश जारी हुने ठहरेको कुरा सर्वोच्च अदालतको रेकर्डबाट देखिएको सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सो मुद्दामा परामादेश जारी हुने ठहरेको र यसको पूर्णपाठ तयार हुने क्रममा रहेको जनाइएको छ । सर्वोच्चले झण्डै आठ वर्ष अघि रिट दायर भएको जनस्वास्थ्य सम्वन्धी मुद्धामा ऐतिहासिक फैसला गरेको थियो । सर्वोच्चको फैसलासंगै बार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्वन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संसोधन गरेको थियो । तर सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीहरुले सो निर्देशिका खारेज नै गर्नु पर्ने भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । उनीहरुको विरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गर्नुभएको थियो । सो मुद्धाको विषयमा निर्णय लिनका लागि सर्बोच्चले ४० पटक पेशी बोलाउनु पर्यो । सर्वोच्चले सुर्ती उद्योगको तर्फबाट दायर पर्फेक्ट व्लेन्ड्सले हालेको रिटलाई खारेज गर्दै अधिवक्ता कोइराला र एक्सन नेपालको तर्फबाट दायर रिटका पक्षमा परमादेश जारी गरेको हो । न्यायाधीशद्धय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले पर्फेक्ट व्लेन्ड्सको तर्फबाट दायर रिट खारेज गर्दै कोइराला र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी गरेको हो । यो आदेशपछि ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशका २०७१’ लागू गर्न बाटो खुलेको छ। (समाचार श्रोत – नयाँपुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here