सुन,चाँदीको मूल्य घट्यो

0
19

काठमाडौं – आज नेपालमा ​सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here