सुनको मूल्य बढ्यो

0
3

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here