सुनको मूल्य बढ्यो

0
4

काठमाडौं – साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here