सुनको मूल्य बढ्यो

0
19

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज तोलामा १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here