सुनको मूल्य घट्यो

0
10

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको हो। बिहिबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सये रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here