सुनको मूल्य घट्यो

0
13

काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ आज पनि प्रतितोला तीन सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ५ सय र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here