सुनको मूल्य घट्यो, चाँदीको स्थिर

0
12

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ। हिजो तोलामा १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार रुपैयाँ रहेको थियो। सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० रहेको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here