सुनको मूल्य ओरालो लाग्यो

0
4

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय किनबेच भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ५ सय रुपैयाँले घटेर एक लाख १५ हजार चार सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here