सुनको मूल्य आज पनि उकालो लाग्यो (हेर्नुहोस कतिमा कारोबार भैरहेको छ)

0
10

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आजपनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम एक हजार ३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो । गत बुधबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बृद्धि हुँदै एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने बिहीबार ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here