सुनको मूल्यमा निरन्तर गिरावट

0
6

काठमाडौं- केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । बुधबार पनि सुनको मूल्य तीन सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here