सुनको मूल्यमा नयाँ रेकर्ड

0
8

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । साेमबारको तुलनामा आजको मूल्य ३०० रुपैयाँले बढी हो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १५०० रुपैयाँमा कारोबार चाँदी आज सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here