सुनको मूल्यमा केहि वृद्धि

0
6

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्यमा केहि वृद्धि भएको छ। शुक्रबार एकैदिन प्रतितोला ९०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ८८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here