सुनको मुल्यमा वृद्धि

0
5

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here