काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ। सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार भने ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रु १ हजार २२० मूल्यमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।