सुनको भाउ ह्वात्तै बढ्यो

0
12

काठमाडौँ – मंगलबार पनि नेपालि बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन ९९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा ८ सय रुपैयाँले बढी हो । यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। सोमबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here