काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।