सुनको भाउ आरालो लाग्ने क्रम जारि, आज पनि घट्यो तोलामा एक हजार

0
29

काठमाडौं – सुनको भाउ आरालो लाग्ने क्रम जारि नै छ । आज बुधबार पनि सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला १८०० रुपैयाँले सुनको भाउ घटेको थियो ।
महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ । मंगलबार छापावल सुनको भाउ ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले सस्तिएको छ । मंगलबार एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको बुधबारको भाउ एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here