सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घट्यो

0
14

काठमाडौँ – आज नेपाली बजारमा सुनको मुल्यमा केहि गिरावट आएको छ। गत आइतबार स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि झन् ओरालो लागेको छ। आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here