सुनको भाउ आजपनि घट्यो

0
7

काठमाडौँ – आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। हिजो बिहीबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here