सुनको भाउमा व्यापक गिरावट, एकैदिन ६ हजार २०० ले घट्यो

0
15

काठमाडौं – सुनको भाउमा एकै दिन व्यापक गिरावट आएको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।
महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here