सुनको झोला’ फालेर भाग्ने तीन जना पक्राउ

0
38

काठमाडौं -कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो । उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीले बताएको थियो । तर प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालमाथि घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भगाएको समेत आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here