सुजन र सन्तोषको सहकार्यमा सार्वजनिक भयो ‘लिखु सलल’ (भिडियोसहित)

0
5

काठमाडौँ- नव गायक सुजन बस्नेतको पहिलो सांगीतिक कोशेली ‘लिखु सलल’ बजारमा आएको छ । मौलिकता र माया प्रेमको भाव झल्काउने गीत आज (शुक्रबार) प्रतिष्ठित बिन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा आएको हो । म्युजिक क्षेत्रमै संर्घषशिल संगीतकार सन्तोष सानुले संगीत भरेको गीतमा गायक बस्नेतको एकल स्वर रहेको छ । गीतका शब्द पनि गायक बस्नेतले नै रचना गरेका हुन् । गीतमा ऐतिहाँसिक लिखु खोला, त्यस वरपरको भूगोल, आफ्नो जन्मभूमि (गाउँ) र त्यसमा माया प्रेमलाई समेटिएको छ । हार्मोनिक स्टुडियो डिल्लीबजारमा रेकर्डिङ गरिएको गीतलाई विसन मानन्धरले एरेन्ज गरेका हुन् । आफ्नै जन्मभूमिको कथा बस्तुमा गीत पस्किएका बस्नेतले आगामी दिनमा माया प्रेम, पर्यटन लगायतका विषयमा गीतहरु ल्याउने बताए । गीत बिन्ध्यवासिनी म्युजिक कम्पनीको अफिसियल युट्युब च्यानल मा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here