सीसीएमसीले गर्यो नेपाल-भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस

0
105

काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले नेपाल-भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ । त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौंको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।

                                                                                                                   
                                                                        स्रोत : कान्तिपुर 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here